स्थानीयबीच विवाद बढेपछि रोकियो पालिखे चोकको ‘फल्चा’ निर्माण
पाेखरा | असार ७, २०७९
पोखरा । केहि दिनयता पोखराको पालिखेचोकस्थित फल्चा निर्माणमा स्थानीयबीच विवाद भएपछि हाललाई निर्माण कार्य रोकिएको छ ।
पोखरा महानरपालिका र वडा नम्बर ३ को संयुक्त लगानीमा निर्माण हुन लागेको फल्चाको निर्माणमा स्थानीयले सुरुदेखि नै त्यसको डिजाइन र मापदण्डविपरित भएको भन्दै विरोध गरेका हुन् । फल्चा निर्माणमा जुटेका अशोक पालिखेले स्थानीयहरुले नभई बाहिरका व्यक्तिहरुले अवरोध पु¥याएको बताएका छन् ।
पालिखे भन्छन्, फल्चा निर्माण गर्दा पोखराको सडकमा कुनै असर नपर्ने भएकाले पोखरा महानगरपालिकाले योजना निर्माण रातो किताबमा नै दर्ता गरेको हो । फल्चा निर्माण गरेपछि पालिखेचोकको आर्कषण बढ्ने भएकाले चोकको सौन्दर्यतालाई थप गर्न फल्चा निर्माणमा पालिखे चोकवासी लागी परेको उनको टिप्पणी छ ।
वडा नम्बर ३ को सिफारिशमा महानगरपालिकाले टेण्डर गरेर प्रक्रिया अघि बढेकाले यसलाई रोक्न नहुने पालिखे बताउँछन् ।
तर पालिखेको भनाइमा प्रतिवाद गर्दै स्थानीयवासी राजन श्रेष्ठले नेवारी सेन्टिमेन्टमाथि खेलेर फल्चा बनाउन लागेको उल्लेख गरे । भिन्तुना युवा क्लबका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन् ‘फल्चा भनेको विश्रामस्थल हो तर त्यो डिजाइनअनुसार बनाउन लागिएको छैन ।’
महानगरले मुआब्जा लिएर भत्काएको स्थानमा फल्चा बनाउनु अनुचित भएको श्रेष्ठको धारणा छ । ‘सुरुमा जुन उद्देश्यले लिइएको हो सोही अवधारणामा संरचना निर्माण गर्नुपर्छ’ श्रेष्ठले भने ‘उक्त क्षेत्रमा साँघुरो सडक छ, सवारी आवागमनलाई थप सहज हुने हिसाबले अघि बढ्नुपर्छ ।’
फल्चा निर्माण गर्न पोखरा महानगरपालिकालाई सौन्दर्यकरण योजना अन्र्तगत आर्थिक वर्ष २०७८/०७९ को रातो बुकको पेज नम्बर १७५ को कोड नं. १६ मा दर्ता गर्न निवर्तमान वडा अध्यक्ष रविन्द्रबहादुर प्रजुले निवदेन गरेका थिए । फल्चा निर्माण गर्न १९ लाख ९९ हजार ८ सय रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

